बाँके\नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो।
यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ३३५ नमुनामा कोरोना देखिएन्।
पछिल्लो समय कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन। हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा देशभर २१ जना निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ७६३ पुगेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।