१० असार २०८२, मंगलवार

पहाडी भूभागमा आंशिक बदली
  • न्युज मानसराेवर

बाँके\हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहानैदेखि पहाडी भूभागका एक दुई स्थानमा आंशिक बदली रहेको छ । तर, अन्य भूभागमा मौसम सामान्यतः सफा रहेको छ । यसैगरी दिउँसो पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भूभागमा आंशिक बदली तथा बाँकी  भूभागमा मौसम सामान्यतः सफा रहने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

राति भने बागमती प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा आंशिक बदली तथा बाँकी  भूभागमा मौसम सामान्यतः सफा रहनेछ।

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech