१३ बैशाख २०८१, बिहीबार

बाँके ३ मा निर्वाचन परिचालन कमिटीले गर्यो निर्वाचित उम्मेदवारलाई सम्मान
  • न्युज मानसराेवर

बाँके \ बाँके क्षेत्र नं.३ क निर्वाचन परिचालन कमिटीले बाँकेबाट निर्वाचित एमाले उम्मेदवाहरुलाई सम्मान गरेको छ । बाँके क्षेत्र नं.३ क प्रदेशको निर्वाचन परिचालन कमिटीको आयोजनामा उक्त सम्मान गरिएको हो ।

बाँके क्षेत्र नं.३ क बाट निर्वाचित रत्न खत्री बाँके क्षेत्र नं.१ बाट निर्वाचित सुर्य ढकाल बाँके क्षेत्र नं.१ ख बाट निर्वाचित दुर्गा थारुलाई सम्मान गरिएको बाँके क्षेत्र नं.३ निर्वाचन परिचालय कमिटी संयोजक घननाथ खनालले जानकारी गराए ।

सम्मान कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति विजयी उम्मेदवारलाई प्रमाणपत्र तथा खादा माला लगाएर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं.३ प्रदेश क बाट निर्वाचित रत्न खत्रीले गहन जिम्मेवारी थपिएको बताउदै समग्र बाँकेको विकासमा आफुले खेल्न सक्ने भूमिका प्रति शंका नगर्न आग्रह गरे । उनले आफुले निर्वाचनमा गरिएका बाँचाहरु प्रति प्रतिवद्ध रहेको बताए । उनले सम्मानका लागि धन्यवाद समेत व्यक्त गरेका थिए ।

जिल्लामा नै यसरी एमाले बाट निर्वाचित प्रदेश तथा संघका प्रनितिधिहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य मान बहादुर रुचाल प्रदेश कमिटी सदस्य नन्द विश्वकर्मा जिल्ला सदस्यहरु नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटी लगाएतको सहभागिता रहेको थियो ।

 

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech