७ फाल्गुन २०८१, बुधबार

रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु
  • न्युज मानसराेवर

बुटवल\रुपन्देहीको सैनामैना नगरपालिका–२ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका प्रहरीले जनाएको छ।

उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो। आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ।

  • १९ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech