२९ भाद्र २०८१, शनिबार

एमालेको समानुपातिक मत २८ लाख नाघ्यो
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेको प्रतिनिधिसभा समानुपातिक मत २८ लाख नाघेको छ ।निर्वाचन आयोगका अनुसार हालसम्म नेकपा एमालेले २८ लाख १० हजार ४४१ मत पाएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ४ लाख ६९ हजार ७५६ मत गणना भएको छ ।

नेपाली कांग्रेसले २६ लाख ८४ हजार ६५७ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ६३ हजार ७६० मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६७० मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ७४८ मत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४ मत, जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ ।नेकपा एकीकृत समाजवादीले २ लाख ९५ हजार ४३७ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६९ मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २८९ मत पाएका छन् ।

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech