३० असार २०८१, शनिबार

नेपालगञ्ज उपमहानगरपालिका बन्द
  • न्युज मानसराेवर

बाँके\जनप्रतिनिधिको निधन भएको शोकमा मंगलवार नेपालगञ्ज उपमहानगरपालिका कार्यालय बन्द गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य मदनबहादुर क्षेत्रीको सोमबार निधन भएको थियो ।

क्षेत्रीको निधन भएको शोक स्वरुप उपमहानगरपालिका कार्यालय र २३ वटै वडा कार्यालय एक दिनका लागि बन्द गरिएको नगर प्रमुख (मेयर) प्रशान्त विष्टले बताए । वडा सदस्य क्षेत्रीको केही दिनदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो ।

मुटु सम्बन्धी समस्या भएका क्षेत्रीको उपचारका क्रममा भारतको लखनउमा सोमबार बिहान ५ बजेतिर निधन भएको हो ।

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech