३० असार २०८१, शनिबार

एमाले महासचिव नेतृत्वमा केन्द्रीय कार्यालय बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके\महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ। केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।  एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिवलगायत उपमहासचिव र सचिव रहेका छन्।

कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ। मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो। निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो।

  • २१ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech