७ बैशाख २०८१, शुक्रबार

आगलागीबाट उखु खेतीमा क्षति
  • न्युज मानसराेवर

नवलपरासी\पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा उखुको खेतमा आगलागी हुँदा लाखौँ रुपियाँको उखु क्षति भएको छ । प्रतापपुर–५, बसहियाका बेलास सिंहको उखु खेतबाट सुरु भएको आगलागीले प्रतापपुरका सात किसानको खेतमा काट्न तयार भएको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, बेलाटारीका प्रमुख प्रहरी निरीक्षक नवराज केसीले जानकारी गराए ।

प्रहरी निरीक्षक केसीका अनुसार आइतबार दिउँसो करिब १ बजे बेलास सिंहको खेतबाट सुरु भएको आगलागीले प्रतापपुर–७ का भिखारी कुर्मी, जुगुल गुप्ता, रामदुलार लोनियाँ, सञ्जय पासी, महेन्द्र पासी र रवीन्द्र पासीको गरी चार बिघा आठ कट्ठामा लगाइएको उखु जलेर नष्ट भएको हो । आगलागीले करिब १२ लाख ९८ हजार रुपियाँको नोक्सान भएको पीडित किसान बेलास सिंहले बताए ।
प्रहरी र स्थानीयवासीको सहयोगमा एक घण्टामा आगलागी नियन्त्रणमा आएको थियो । दिउँसो घाम लागेका बेलामा भएकाले आगलागी तीव्र गतिमा फैलिएको थियो । उखु काटेर नो फायर लाइन बनाएपछि नियन्त्रणमा आएको बताइएको छ ।

  • २२ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech