२२ माघ २०७९, आईतवार

तामाखानीले बनाएको झुम्लाबाङ गाउँ
  • न्युज मानसराेवर

रुकुम\भूमे गाउँपालिका–३ स्थित छरिएको बस्ती रहेको झुम्लाबाङ गाउँको छुट्टै र विशेष किसिमको पृष्ठभूमि रहेको छ। विभिन्न जातजातिको साझा थलोका रूपमा रहेको यो गाउँको इतिहास पृथक् र गौरवमय छ। यो गाउँ १९६४ साल ९करिब ११५ वर्ष०अघि तामाखानीका कारण स्थापना भएको इतिहास छ। हालको जिल्ला सदरमुकाम रहेको रुकुमकोटदेखि निकै टाढाको दूरीमा झुम्लाबाङ गाउँ रहेको छ।

यस गाउँको चारैतिर तामाका खानी नै खानी छन्। गाउँका अनगन्ती कुनाकाप्चामा तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन्। एक सय वर्षभन्दाअघि यहाँको खानीबाट तामा उत्खनन गरेर स्थानीयवासीले जीविकोपार्जन गरेको इतिहास भेटिन्छ। “यो गाउँ तामाखानीले घेरिएको छ, गाउँ वरपर थुप्रै खाडल छन्,” ७४ वर्षीय तिलु सुनारले  भनेका छन, “यी खाडल पुर्खाले तामा निकाल्दा बनेका हुन्।” १९६४ सालतिर तामा उत्खनन गरेको कुरा आफन्तबाट सुनेको ७४ वर्षीय सुनारले बताए ।   आफ्ना पुर्खा पनि बागलुङ जिल्लाबाट आएको सुनारले सुनाउनुभयो। डेढ सय वर्ष अगाडि झुम्लाबाङवासीका पुर्खा नेपालका विभिन्न भागबाट यस क्षेत्रमा आई बसोबास गरेको इतिहास भेटिन्छ।

तामा उत्खनन र प्रशोधनबाट जीविकोपार्जनका निम्ति झुम्लाबाङमा विभिन्न ठाउँबाट विभिन्न जातिका मान्छे आएर बस्दाबस्दै गाउँ निर्माण भएको अर्का ६९ वर्षीय ओमबहादुर श्रेष्ठले जानकारी दिए । हाल यस गाउँमा करिब दुई सय घरधुरीको बसोबास रहेकामा ब्राह्मणबाहेकका जातजाति रहेका छन्। मगर, गुरुङ, ठकुरी, नेवार, दलित र क्षेत्री समुदायको बसोबास रहेको छ। २००९र१० सालतिर मात्र तामा उत्खनन बन्द भएको हो।

तामा उत्खननबाट गाउँघरमै धेरैका लागि आयस्रोतको सम्भावना हुँदा पनि सरकारले थप उत्खननमा चासो नदेखाएको स्थानीयवासी बताउँछन्। तामाखानीका कारण गाउँ निर्माण हुनुका साथै परापूर्वकालमा राजदरबारसमेत बसेको इतिहास रहेको भूमे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताएका छन।

झुम्लाबाङ गाउँको सिरान चाल्नेता भन्ने ठाउँमा भुरेटाकुरे राजाको दरबारको अवशेष छ। उक्त राजाले नै तामाबाटै टकसार ९सिक्का पैसा० काटेको इतिहास रहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

परापूर्वकालका ऐतिहासिक ठाउँ तथा तामाखानीलाई स्थानीय सरकारले संरक्षण मात्र गर्ने अधिकार भएकाले खानी उत्खनन र व्यवस्थापनका लागि सङ्घीय सरकार अघि बढ्नुपर्ने स्थानीयवासीको माग छ।

  • २२ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech