कोहलपुर\बाँकेको कोहलपुरबाट प्रकाशन हुने कोहलपुर टुडे डटकमले शनिबार प्रथम वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरी प्रथम वार्षिकोत्सव मनाइएको हो ।
त्यसै गरी कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडे डटकमका प्रकाशक डिल्ली शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर टुडे डटकमका कर्णाली व्यूरो प्रमुख सुदाम शर्माले स्वागत मन्तव्य राखेका थिए ।
कोहलपुर टुडे डटकमको प्रथम वार्षिकोउत्सवमा नियमित पाठकमा नवराज भण्डारी, लेखककार बासुदेव चौधरी र गौरीलाल कार्की, सञ्चारकर्मी विनोद भट्टराई, सल्लाहाकार शिव सुनार, कोहलपुर टुडे डटकमका कर्णाली प्रदेश व्यूरो प्र्रमुख सुदाम शर्मा र विज्ञापनदाता शारदा पोलिक्लिनिक, भेरी कर्णाली अस्पताल, माता मनकामना आयूर्वेद क्लिनिक, ईम्स दर्पण कम्प्यूटर र के.डि.एम.टेडर्स एण्ड सप्लायर्स सम्मान गरिएको थियो ।
प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले २१औं शताब्दीमा डिजिटल मिडियाको आवश्यकता रहेको बताए । आचार्यले कोहलपुर लगायत केन्द्रिय स्तरका अनलाइन सञ्चार माध्यमहरुले कोहलपुरका बारेमा विभिन्न किसिमबाट सूचना प्रवाह गरिरहेको अवस्था छ’ भनेका छन।
यस्तै कार्यक्रममा बागेश्वरी बहुमुखी क्याम्पस प्रमुख दान बहादुर हमाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव सिएम उपाध्याय, मानव अधिकार मञ्च नेपालका बाँकेका अध्यक्ष राम बहादुर मल्ल, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट धिताल, शिव शक्ति आधारभूत विद्यालयका प्रअ बद्रि सापकोटा, जनज्योति पब्लिक स्कुलका प्रिन्सिपल जनक चन्द, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायत, कोहलपुर वडा नम्बर १ का वडा सदस्य कविराम पुलामी, शिक्षक बद्रि ढकाल (हिरामण), ओमकार शर्माले शुभकामना मन्तव्य राखेका थिए ।