२१ बैशाख २०८१, शुक्रबार

देशगत विविधीकरण र निर्यात
  • न्युज मानसराेवर

नेपालको व्यापारलाई देशगत विविधीकरण गर्ने ध्येयका साथ २०२७ सालमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको स्थापना भएको हो । स्थापनामा शुरुआती दशकहरूमा यस केन्द्रको सक्रियताका कारण नै नेपालको निर्यात व्यापारको देशगत विविधीकरण सम्भव भएको हो । परिणामस्वरूप नीतिले नेपालले व्यापार गर्ने देशहरूको संख्यामा वृद्धि भएको आर्थिक वर्ष २०७८/७९ को तथ्यांक हेर्दा पनि स्पष्ट हुन्छ । यस आर्थिक वर्षमात्रै नेपालको वैदेशिक व्यापार निर्याततर्फ १३१ र आयाततर्फ १६५ देशमा विस्तार भएबाट नै स्पष्ट हुन्छ यही जगमा आधारित रहेर नै वर्तमान समयमा नेपालको निर्यात र आयात व्यापारमा देशगत विविधीकरणको अवस्था सन्तोषजनक रहेको छ ।

नेपालको निर्यात व्यापार १६१ देशमा विस्तार हुन सक्नु पनि आफैमा एक महत्त्वपूर्ण पक्ष हो । कम्तीमा १६१ ओटा देशमा जुनसुकै परिमाण र मूल्यमा भए पनि नेपाली वस्तुहरू निर्यात हुन सके, नेपाली निर्यातकर्ताहरू उक्त देशको बजारप्रणाली, प्रशासनिक संरचना, भन्सार प्रक्रिया, करमा प्रावधानहरूसित परिचित हुनुका अतिरिक्त ती देशका निजीक्षेत्रसँग पनि एक प्रकारको सम्पर्क विस्तार हुन्छ । यो आफैमा महत्त्वपूर्ण उपलब्धि हो । ती देशमा नेपाल र नेपालीको पहिचान स्थापना हुन नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । नेपालको निर्यात जगत्का लागि यो एकप्रकारको पूँजी पनि हो जसका आधारमा भोलि उक्त देशमा बजार विस्तार गर्न सहज हुन जान्छ । बाटो पहिल्याई पहिलोचोटि यात्रा हुनु नै आफैमा महान् कार्य हो । ऋग्वेदमा पहिलोचोटि बाटो देखाउनलाई नमस्कार छ भनेर लेखिएको मन्त्र नेपालको निर्यात क्षेत्रमा पनि लागू हुन्छ । विश्वका दूरदराजका नेपाली सर्वसाधारणले नामै नसुनेका र सरकारको प्राथमिकता सूचीमा पनि नपरेका देशहरूमा समेत नेपालको निजीक्षेत्रले विभिन्न बाधा अवरोध अनिश्चितता र संशयमा माझ पनि निर्यात गरी पहुँच स्थापना गर्न सक्नु आफैमा अद्भुत कार्य हो, जसलाई नेपालको हरेक तह र तप्काले ऋग्वेदको मन्त्रको अनुसरण गर्दै नमन गर्नु आवश्यक छ ।

नेपालको निर्यात विविधीकरणको वस्तुगत अवस्था

आर्थिक वर्ष २०७८/७९ मा देशगत विविधीकरणको अवस्थामा भन्सार विभागबाट प्रकाशित तथ्यांकलाई हेर्दा नेपालको कुल निर्यात व्यापार भएका देशहरूको संख्या १३१ रहेको पाइन्छ । यी देशमध्ये दुईओटा देशहरूसँग नेपालको निर्यात व्यापार १० अर्बभन्दा माथि रहेको छ । यी दुईओटा देशहरूले नेपालको कुल निर्यातको करीब ८६ दशमलव ५९ प्रतिशत अंश ओगट्छन् । यसै गरी रू. अर्बको दायरामा रहेको नेपालको निर्यात गन्तव्य देशहरूको संख्या ८ रहेको छ । यी आठओटा देशमा नेपालको निर्यातको अंश करीब ८ दशमलव ६३ प्रतिशत रहेको छ । यसै गरी रू. १० करोडको दायरामा निर्यात हुने नेपालका निर्यात गन्तव्य देशहरूको संख्या २५ रहेको छ । यी देशमा नेपालबाट भएको कुल निर्यातमा रहेको अंश करीब ४ दशमलव १३ प्रतिशत रहेको छ । रू. करोडको हाराहारीमा निर्यात हुने देशहरूको संख्या ४० रहेको छ । नेपालको निर्यातमा यी ४० ओटा देशको अंश शून्य दशमलव ५७ प्रतिशत मात्र रहेको छ । रू. १० लाखको हाराहारीमा निर्यात हुने देशहरूको संख्या २९ रहेको छ । नेपालको निर्यातमा यी २९ ओटा देशको अंश शून्य दशमलव शून्य ७ प्रतिशत मात्र रहेको छ ।
तालिकाले नेपालको निर्यातको देशगत विविधीकरणको झलक मात्र दर्शाउँदैन परन्तु नेपालको निर्यात संभावनालाई समेत उजागर गर्छ । एकचोटि बजारमा नेपाली वस्तुले प्रवेश पाइसकेपछि उक्त वस्तुको उक्त देशमा बजार विस्तारमा अनेकौं सम्भावनाका ढोका दृष्टिगोचर हुन जान्छन् । यस अवस्थामा आवश्यकता भनेको प्रवेश पाइसकेको बजारमा टिक्ने र बजार विस्तार गर्ने कौशलताको प्रदर्शन मात्रै हो ।

सारमा भन्नुपर्दा नेपालले विश्वमा १३१ ओटा देशमा नेपाली वस्तुहरू निर्यात गरिरहेकोे सन्दर्भमा तालिकामा उल्लेख भएअनुसार रू. हजारमा दायरामा सीमित रहेको बजारलाई रू. १ लाखको दायरामा लैजाने, रू. १ लाखको दायरामा रहेका बजारहरूलाई विस्तार गरी रू. १० लाखको दायरा लैजाने क्रममा एक खुट्किलो माथि उक्लने प्रयास हुन जरुरी हुन्छ । यसर्थ माथिको तालिकाबमोजिम कम्तीमा एक खुट्किलो माथि चढ्ने गरी बजार विस्तार गर्न सरकार र निजीक्षेत्रको उपयुक्त सक्रियता आजको आवश्यकताको रूपमा रहेको छ । यस्तो सक्रियतामा नीतिगत, रणनीतिगत, कार्यनीतिगत, कार्यक्रमगतजस्ता विषय स्वत: अन्तर्निहित भएर आउँछन् ।

नेपाली वस्तुहरूले एकचोटि बजारमा प्रवेश पाइसकेपछि त्यसलाई विस्तार गर्न देहायका विषयमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । सर्वप्रथम उक्त देशको बजारको आकार, उपभोक्ताको चाहना, गन्तव्य देशका सरकारका नियमनकारी र नियन्त्रणकारी निकायहरूका कानूनी र प्रक्रियागत प्रावधानहरू तथा प्रतिस्पर्धीको उपस्थिति समेतलाई दृष्टिगत गरी नेपाली उत्पादक उद्यमी र निर्यातकर्ताको प्रतिस्पर्धी क्षमतामा अभिवृद्धि गर्नुपर्ने हुन्छ । विशेष गरी वस्तुको परिमाण, गुणस्तर, मूल्य, आपूर्ति समयमा नेपाली उत्पादनहरूलाई प्रतिस्पर्धी बनाउन आपूर्तिजन्य क्षेत्रमा सक्षम हुने गरी उत्पादन र उत्पादकत्वमा वृद्धि, दक्ष जनशक्तिको विकास, पर्याप्त पूँजी प्रवाह तथा प्रविधि स्तरोन्नति, प्रक्रियागत सरलीकरणका लागि एकद्वार प्रणालीको कार्यान्वयन हुन जरुरी छ ।

सम्बद्ध निर्यात गन्तव्य देशले लागू गरेका गुणस्तरजन्य मापदण्डहरूको पालना हुने गरी असल अभ्याससहित गुणस्तरीय मालवस्तु उत्पादन र त्यसको प्रमाणीकरण पनि त्यत्तिकै जरुरी देखिन्छ । यसका लागि निजीक्षेत्रले गुणस्तर कायम गर्न आत्मसंयमसहितको आचारसंहिताको पालन गर्नु जति जरुरी छ, त्योभन्दा धेरै आवश्यकता गुणस्तर प्रमाणीकरणको अन्तरराष्ट्रिय मान्यता हुने गरी ती निकायको स्तरोन्नति गर्ने कार्य पनि समानान्तर रूपमा सञ्चालन हुन जरुरी छ । यस्तै सम्बद्ध बजारमा नेपाली उत्पादनलाई त्यहाँका उपभोक्तामाझ आम रूपमा परिचित बनाउन मेला प्रदर्शनीमा सहभागिता तथा स्थानीय सञ्चारमाध्यममा प्रचारप्रसार गर्ने जस्ता कार्यहरू पनि सँगसँगै सञ्चालन हुन जरुरी छ । यस्तै सम्बद्ध देशमा अवस्थित वा सम्बद्ध देश हेर्ने नेपाली कूटनीतिक नियोगहरूलाई नेपाली वस्तुको बजार विस्तार गर्न आर्थिक कूटनीति परिचालन हुन पनि त्यत्तिकै जरुरी छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष नेपाली उत्पादनलाई सम्बद्ध निर्यात गन्तव्यमा अन्य मुुलुकका उत्पादनभन्दा बढी प्रतिस्पर्धी बनाउन नेपालको भूपरिवेष्टित अवस्थितिलाई दृष्टिगत गरी नेपाल सरबारबाट निर्यात क्षेत्रलाई प्रदान गरिने सहयोग, अनुदान, प्रोत्साहन र छूटको दर र दायरालाई अझ विस्तृत बनाउनुपर्छ ।

यसरी उपर्युक्त क्षेत्रमा विशेष पहल लिन सकेको खण्डमा वर्तमान समयमा सानो आकारको निर्यात व्यापारमा रहेक वर्ष गुणात्मक वृद्धि हुँदै जाने देखिन्छ । विश्वका १३१ देशहरूमा विस्तार भएको नेपालको बजारलाई स्थायित्वसहितको अभिवृद्धिका लागि माथि उल्लेख भएभैंm नेपालको आपूर्तिजन्य बाधाहरूमा सुधार गर्दै प्रभावकारी बजार प्रवद्र्धन गर्नु आजको आवश्यकता हो ।

लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech