८ श्रावण २०८१, मंगलवार

दुर्घटनामा सहचालकको मृत्यु
  • न्युज मानसराेवर

दाङ- दाङमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका दंगीशरण गाउँपालिका-६ का १७ वर्षीय सुदीप चौधरीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

दंगीशरण -३ बबई नदीको एकलीबाट ढुंगा बोकेर सिमठानातर्फ जाँदै गरेको रा १ ब ४५३३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सोमबार बेलुकी ८ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech