४ श्रावण २०८१, शुक्रबार

जनप्रतिनिधि र कर्मचारीलाई तनाव व्यवस्थापन अभिमुखिकरण
  • न्युज मानसराेवर

बाँके\बाँकेका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत, तथा सेवा प्रवेश गरेका कर्मचारीहरुका लागि एक दिने सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण आयोजना गरिएको छ ।

प्रदेश सुशासन केन्द्र नेपालगञ्जको आयोजना गरेको सो कार्यक्रममा करिव २ सयको सहभागिता रहेको लुम्बिनी प्रदेश सुशासन केन्द्र नेपालगञ्जका कार्यकारी निर्देशक कमान सिंह थापामगरले जानकारी दिए ।

उनले प्रदेश सरकारले सरकारी कार्यालयका कर्मचारबाट दिईने सेवाको गुणस्तर बृद्धि गरी सेवा प्रवाहमा सुशासन, पारदर्शी र सकारात्मक उर्जाका साथ सेवाप्रवाह गर्न सक्षम होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

लुम्बिनी प्रदेश सुशासन केन्द्र नेपालगञ्जको हाता भित्र सम्पन्न भएको सो कार्यक्रममा चर्चित मोटिभेटर नरबहादुर कार्कीले प्रशिक्षण दिएका थिए । यस्ता प्रशिक्षणले कार्य क्षेत्रमा तनाव रहित सकारात्मक सोचका साथ सेवा प्रवाह गर्नको लागि अभिप्रेरित हुने सहभागिहरुको विश्वास छ ।

कार्यक्रममा बाँकेका आठ वटै पालिकाका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत, तथा सेवा प्रवेश गरेका कर्मचारीहरुको सहभागिता रहेको जनाईएको छ ।

  • २ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech