८ श्रावण २०८१, मंगलवार

लुम्विनी प्रदेशको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश
  • न्युज मानसराेवर

बुटवल\गत मङ्सिर ४ गते सम्पन्न लुम्विनी प्रदेश सभा निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शनिवार पेश गरिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश सभा अन्तर्गतको लुम्विनी प्रदेशको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन। त्यस अवसरमा बोल्दै लुम्विनी प्रदेशका प्रमुख अमिक शेरचनले लुम्विनी प्रदेशमा सरकार गठनको प्रक्रिया अब सुरु हुने बताए ।  प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको औपचारिक परिणाम औपचारिक रुपमा निर्वाचन आयोगबाट प्राप्त भएकाले
अब छिट्टै सरकार गठन प्रक्रिया अघि बढ्ने उनको भनाइ रहेको छ ।

प्रदेश प्रमुख शेरचनले यो निर्वाचनबाट नेपाली जनताले संघीय शासन व्यवस्था आवश्यक र अपरिहार्य छ भन्ने पुष्टी गरेको बताउँदै नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त व्यवस्था संस्थागत गर्न निर्वाचनबाट सहयोग पुगेको विश्वास व्यक्त गरे।विगतभन्दा राम्रो र फरक तरिकाले निर्वाचन सम्पन्न भएको बताउँदै शान्तिपूर्ण र निष्पक्षरुपमा निर्वाचन सम्पन्न गर्न सकेकोमा निर्वाचन आयोगलाई धन्यबाद समेत दिए ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले एक दुई स्थानमा छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण र निष्पक्षरुपमा सम्पन्न भएको बताए । निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिए । आयोगले शनिवार प्रस्तुत गरेको प्रतिवेदनअनुसार लुम्विनी प्रदेशको प्रदेशसभातर्फ ८७ जना निर्वाचित हुनुभएको छ । त्यसमध्ये पुरुष ५४ र महिला ३३ जना रहेका छन् ।

  • २ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech