३० असार २०८१, शनिबार

शिक्षक संघ नरैनापुरको अधिवेशन सम्पन्न
  • न्युज मानसराेवर

बाँके\नेपाल शिक्षक संघ नरैनापुरले शनिबार आफ्नो अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले समाज विकासको आधारभूत पक्ष शैक्षिक क्षेत्र रहेको र यसको विकासको लागि शिक्षकहरु इमान्दार हुनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष शाहले शिक्षकहरु प्रति नै समाजबाट गुनासो आउने गरेको भन्दै प्रतिस्पर्धात्मक सर्बसुलभ शिक्षाको लागि प्रधानाध्यापकलाई थप जिम्मेवार बन्न आग्रह गरे । उक्त अधिवेशनले सज्जाक खाँको नेतृत्वमा २३ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नन्दकिशोर शर्मा, सचिवमा श्याम बिहारी यादव, सहसचिव अर्जुन प्रसाद यादव लगायत रहेका छन् ।

उक्त कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय सदस्य दोर्ण ओली, जिल्ला अध्यक्ष बिरेन्द्र यादव, ट्रेड युनियन कांग्रेस जिल्ला सचिव तोजेन्द्र बि.क, नरैनापुर गाउँपालिका जिन्सी शाखा प्रमुख भरत महत्तो, गाउँपालिकाका स्वकिय सचिव बिरजेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

  • २ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech