१२ मंसिर २०८१, बुधबार

लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित
  • न्युज मानसराेवर

दाङ\लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित भएका छन। सभामुखको उम्मेदवारीमा उहाँको मात्रै मनोनयन भएपछि घर्तीमगर  निर्विरोध निर्वाचित भएका हुन। 

उपसभामुखमा भने तीन जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुनका अनुसार प्रदेश सभाको आज दिउँसो बस्ने बैठकमा उपसभामुखको निर्वाचन हुनेछ । उपसभामुखका लागि नेपाली काँग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गराएका छन् ।

सत्ता साझेदार दलहरूबिच भएको सहमति अनुसार सभामुख माओवादीले पाउँदा उपसभामुख राप्रपाले पाउनेछ । उपसभामुखमा नेपाली काँग्रेसका विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech