९ असार २०८२, सोमबार

संरक्षणको अभावमा प्राचीन देवल
  • न्युज मानसराेवर

कर्णाली डेक्स\छेडागाड नगरपालिका–८, घोगी पजारुमा रहेका प्राचीन चैत्य, गुम्बा, देवलहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। निकै आकर्षक र ऐतिहासिक ती देवल संरक्षणप्रति सरोकारवालाले चासो नदिँदा ओझेलमा परिरहेका छन्।

१३औँ शताब्दीमा जाजरकोटमा भोटेहरूले शासन गरेको र उनीहरूले नै यी देवल बनाएको जाजरकोटका इतिहासकारहरूको भनाइ छ। जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्री ढुङ्गा कुँदेर बनाइएका ती कलात्मक चैत्य, गुम्बा, देवलहरू ऐतिहासिक रहेको बताउछन।

देवलको खोज अनुसन्धान गरी प्रचार गर्न सके पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयको भनाइ छ। तीन रोपनी जग्गामा फैलिएको देवल क्षेत्र स्थानीय सरोकारवाला, सरकार र पर्यटन क्षेत्रसँग सम्बद्ध निकायहरूको बेवास्तामा परेको छ।

जिल्ला समन्वय समितिका सदस्य एवं स्थानीय खडकबहादुर बीसीले करिब सात सय वर्षअघि निर्माण भएका ती चैत्य, गुम्बाको उचित संरक्षण गर्नुपर्ने बताए ।प्रचारको अभाव हुँदा बाहिरी जिल्लाका मात्र होइन, जाजरकोटवासी नै देवलको महत्व र ऐतिहासिकताबारे बेखबर भएको उनको धारणा थियो। सडक पहुँच र अन्य आवश्यक पूर्वाधार निर्माण नहुँदा महत्वहीनजस्तै बनेको उक्त देवल क्षेत्रको संरक्षण र प्रचारप्रसारमा सरोकारवालाहरूले उचित ध्यान र चासो दिए जाजरकोट जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय गोरखबहादुर बुढाले बताए.  ।

टक–पटक गरी स्थानीय सरकार र पर्यटन बोर्डले १० लाख रुपियाँ रकम विनियोजन गरे पनि त्यो रकमको खासै सदुपयोग हुन सकेको छैन। देवल संरक्षणका लागि सामान्य घेरबार, मन्दिर बनाउने कामबाहेक अन्य पूर्वाधारका काम हुन सकेको छैन। तीन रोपनी जग्गाभित्र रहेका १३ वटा देवलको कलात्मक आकार, प्राचीनता र आकर्षक बनावटले त्यहाँ पुग्ने जोकोहीलाई पनि मोहित पार्ने गरेको छ। गुम्बा संरक्षणका लागि स्थानीय सरकारले ठोस योजना बनाउन सकेको छैन।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech