१२ मंसिर २०८१, बुधबार

मुख्यमन्त्री गिरीलाई विश्वासको मत प्राप्त
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन।   प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका छन।  नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उनले विश्वासको मत लिएका छन।

प्रदेश सभामा कायम रहेका कुल ८७ प्रदेश सभा सदस्यमा उपस्थित सांसदमध्येको बहमुत प्राप्त गरेकाले उनले  विश्वासको मत प्राप्त गरेका छन।  मुख्यमन्त्री गिरीलाई ५७ जना सांसदले पक्षमा मतदान गरे ।

विश्वासको मतका लागि मुख्यमन्त्रीले सदनमा पेस गरेको प्रस्तावको विपक्षमा २८ मत परेको थियो । मुख्यमन्त्रीको गिरीले पाएको विश्वासको मत प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत भएकाले उहाँले राखेको प्रस्ताव बहुमतले पारित भएको छ ।

मुख्यमन्त्री गिरीलाई एमालेका २८, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र २ सांसदसहित ५७ जना सभा सदस्यले पक्षमा मतदान गरेका थिए ।

सरकार गठनमा विपक्षीमा रहेको एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यले पनि मुख्यमन्त्री गिरीलाई मतदान गरेका छन।  मुख्यमन्त्रीको विश्वासको विपक्षमा नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक गरी २८ मत परेको हो ।

प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेशमा राजधानी कार्यान्वयन र यस क्षेत्रको विकासका लागि आफू सधै तत्पर रहेकाले विश्वासको मत दिन आग्रह गरेका छन।

‘सबै पार्टीबाट विश्वासको मतको आशा गरेको छु, संघीय सरकारले पनि अधिक मात्रामा मत पाएको छ । मधेश प्रदेश लगायतमा पनि त्यो खालको सहकार्य भएको छ, हाम्रोमा पनि आवश्यक छ ।’ संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिए पनि भविष्यमा सरकारले गर्ने कामको आधारमा समर्थन विरोध रहने बताए ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech