बाँके\बैजनाथ गाउँपालिकाले १२ औँ हिउँदे गाउँ सभामा दुई वटा ऐन पास गरेको छ ।
गाउँ सभाले साझेदारी ऐन २०७९ पारित गरेको छ भने त्यसै गरी बैजनाथ गाउँपालिकाको २०७७ शिक्षा ऐन संशोधन सहित पारित गरेको बैजनाथ गाउँपालिका सूचना अधिकारी तप्तराज आचार्यले जानकारी गराएका छन।
बैजनाथ गाउँपालिकाको २०७७ शिक्षा ऐनमा भएका व्यवस्थालाई परिमार्जन गरेर शिक्षा ऐन २०७९ पहिलो संशोधन पारित गरिएको हो । पारित गरिएको शिक्षा ऐन २०७९ मा पालिका स्तरमा बढी अधिकार राखिएको छ ।
नयाँ शिक्षा ऐनलेको परिच्छेद ४ मा शिक्षक तथा कर्मचारीको नियुक्ति, सरुवा ,बढुवा ,तालिम र वृत्ति विकास विद्यालयमा रिक्त दरवन्दी,राहत , अनुदान शिक्षक विद्यालय कर्मचारी पदमा छनोट सम्बन्धि गाउँपालिकाले कार्यविधि निमार्ण गरि कार्यविधिले तोके बमोजिम गरिने छ ।(पहिलो संशोधन २०७९)ले व्यवस्था गरेको छ ।
बैजनाथ गाउँपालिका वडा न ८ का वडा सदस्य धिरेन्द्र शिंह ठकुरीले पारित गरिएको साझेदारी ऐन २०७९ का बारेमा आफ्नो धारणा राखेका छन। उनले साझेदारी ऐन मा कम्तिमा ३० प्रतिशत रकम साझेदार संस्थाले व्यहोनु पर्ने बताएका थिए । उनले
सार्वजनिक चासोको विषयमा बोल्दै शिंहले सुकुमबासी समस्या समाधान गर्नाका लागि तत्काल पहल गर्नु पर्ने ,बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुगेका किसानलाई राहतका लागि गाउँपालिकाले तत्काल ५ सय रकम तत्काल उपलब्ध गराउनु पर्ने बताएका थिए ।
त्यसै गरी बैजनाथ वडा न २ वडा सदस्य सदस्य भूमिशरा थापा , विमला शिह थारुले समेत राय सुझाव राखेका थिए ।
गाउँपालिकाको आगामी सभा माघ १२ गतेलाई पूर्ण संचालन हुने बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटाले जानकारी गराएका छन।