बाँके\नेपालगञ्जबाट काठमाडौंका लागि उडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटीका कारण अवतरण हुन नसकी झापा पुगेको श्री एयरको विमान काठमाडौं फर्किंदैछ ।
झापामा अवतरण गरिएको विमान अब काठमाडौंमा अवतरण हुने तयारी भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी गराएका छन। भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित भएका छन् । शुक्रवार बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।