१२ मंसिर २०८१, बुधबार

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त
  • न्युज मानसराेवर

सुर्खेत\कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैठौं बैठकमा शर्माले विश्वासको मत प्राप्त गरेका हुन ।

नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा गत पुस २७ गते नेकपा (माओवादी केन्द्र)का नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार शर्माले संविधानको धारा १६८ को उपधारा २ र ४ बमोजिम विश्वासको मत पाउँ भनी राख्नुभएको प्रस्तावमा बहुमत सांसदको समर्थन प्राप्त गरेका हुन ।

शर्माको पक्षमा एमालेका १०, माओवादी केन्द्र १३, राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नेकपा एकीकृत समाजवादी एक र एक स्वतन्त्रसहित २५ जना सांसदले मतदान गरेका थिए ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech