१० असार २०८२, मंगलवार

खजुरा गाउँपालिकाले वितरण गर्यो विपन्नलाई न्यानो कपडा
  • रामकृष्ण छिनाल

बाँके\खजुरा गाउँपालिकाले विपन्न  वर्गहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ । खजुरा गाउँपालिका वडा नं ४ को आयोजनामा ५० जना  स्थानिय  विपन्नलाई न्यानो कम्बल वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख  खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले अत्यादिक जाडोका कारण कष्टकर जीवन विताइ रहेका र एउटा कम्बल समेत खरिद गर्न नसक्ने परिवालाई रोगबाट बच्न सानो सहयोग मात्र रेका छौँ  उनले भने ।

हाल सम्म वडा नं ३ र ८ बाहेक अन्य सम्मपूर्ण वडाहरुमा वितरण कार्यक्रम सम्पन्न भइसकेको विकले  जानकारी गराए । वृद्धहरुको स्वास्थ्यलाई ध्यानमा राखि खजुरा गाउँपालिकाले जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम संचालनमा ल्याएको समेत अध्यक्ष विकले भने   ।

खजुरा गाँउपालिकाका स्थानिय वासीको जिम्मेवारी वहन गर्न कृषि तथा पशु, सामाजिक सुरक्षा,शिक्षामा थप नयाँ कार्यक्रम ल्याएको र ल्याउन ल्याउन लागेका छौँ  उनले भने  ।

आगामी दिनमा म खुजरा वासी हो भनि गर्व गर्न लाएकको गाउँपालिका निमार्णमा छौ,यसका लागि सम्पूर्ण पालिका बासीको साथ र सम्मर्थन  आवश्यक छ  गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले भनेका छन।

त्यसै गरी  कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पालिका तहबाट आफ्ना जनताकालागि गरिएको सानो प्रयास लाई आत्म साथ गरि दिन अनुरोध गरिन । वडा नं ४का वडा अध्यक्ष टेक बहादुर रोका क्षेत्रीले न्योचित तथा वास्तविक आवस्यक भएका घरधुरीलाई पहिचान गरि न्यानो कपडा वितरण गरेको बताए ।

हाल खजुराको वडा नं ४ मा ५०० जना जेष्ठ नागरिक छन उनीहरुकालागि पनि आगामी दिनमा विशेष खालका कार्यक्रम संचालन गर्ने सोच रहेको उनले भने । कार्यक्रममा वडा सदस्य, समाज सेवी तथा स्थानिय वासीको उपस्थिति रहेको थियो ।

  • ७ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech