१० असार २०८२, मंगलवार

बैजनाथ १ मा ६ वटा बाख्रा उपहार प्रदान
  • चादनी थापा मगर

बाँके\बैजनाथ गाउँपालिका वडा नं. १ मा ६ वटा  बाख्रा उपहार गरेका छन।  बैजनाथ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा संचालन  गरिएको साना किसान उद्यमी सुदृढीकरण परियोजनामा आवद्ध  समुहका महिलाहरुले   बाख्रा उपहार गरेका हुन।

बैजनाथ गाउँपालिका वडा नं.१ स्थित (मूल समुह) विहानी महिला समुहका महिलाहरुले आशा महिला  समुह (उपहार समुह)मा ६ वटा बाख्रा वितरण गरेका हुन। समुह सदस्य रत्नमती रोकाया  ,निर्मला सुनार ,गिता विसी ,सुनकेशरी चौधरीलेले  आशा महिला  समुह
(उपहार समुह)का टिका शाही , रिया चन्द्र, कमला बोहरा ,शान्ती शाहीलाई उक्त बाख्रा उपहार गरेका हुन।

बैजनाथ गाउँपालिकाको ७०प्रतिशत हेफर प्रोजेक्ट नेपालको २५ प्रतिशत र उत्पीडित सामुदायीक विकास केन्दको ५ प्रतिशत लगानीमा २०७७।०७८ र  २०७८।०७९मा उक्त कार्यक्रम संचालन गरिएको थियो ।  यद्यपी  हाल उक्त परियोजना संचालनमा छैन।

 

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech