१३ बैशाख २०८१, बिहीबार

बहुविवाहको कसुरमा चारजना पक्राउ
  • न्युज मानसराेवर

बाँके\गुल्मीमा बहुविवाहको कसुरमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले बहुविवाहको कसुरमा दुई पुरुष र दुई महिलालाई प्रक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार जिल्लाको गुल्मीदरबार गाउँपालिका(३ का ३६ वर्षीय बजिन्द्र झाक्रीले मुसिकोट नगरपालिका–३ की ३० वर्षीय महिलालाई दोश्रो विवाह गरेको आरोपमा प्रक्राउ गरिएको हो ।

झाँक्रीकी जेठी श्रीमतीले आफ्नो श्रीमानले दोश्रो विवाह गरेको भन्दै जाहेरी दिनु भएको थियो ।त्यस्तै, रेसुङ्गा नगरपालिका(८ अस्थायी डेरा गरी बस्ने २५ वर्षिय आशिष थापालाई पनि प्रहरीले प्रक्राउ गरेको छ ।

उनले सोही स्थानकी २५ वर्षिय महिलालाई दोस्रो विवाह गरेको आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको हो ।

थापाकी जेठी श्रीमतीले पनि आफ्नो श्रीमानले दोश्रो विवाह गरेको भन्दै जाहेरी दिएकी थिइन् ।उनीहरुलाई प्रक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी गराएका छन।

  • १४ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech