१२ मंसिर २०८१, बुधबार

सांसद ढकालले गरे नरैनापुरका युवासँग अन्तरक्रिया
  • रामकृष्ण छिनाल

बांके\ बांके क्षेत्र नं. १ का माननिय संघिय सांसद सुर्य प्रसाद ढकालको आयोजनामा शनिबार बांकेको नरैनापुरमा नरैनापुरको विकासमा साझा धरणा र प्राथमिकताका क्षेत्रहरु बिषयक विकास संबाद कार्यक्रम सम्पन्न भएको छ ।

नरैनापुरका किसान, समाजसेवी, शिक्षापे्रमी, राजनितिज्ञ लगाएत सयौको संख्यामा उपस्थित जनताहरुले उक्त कार्यक्रममा संघिय सांसद समक्ष नरैनापुरको दिगो विकासका निम्ति बिभिन्न संभावनाका परियोजनाहरुको मार्गचित्र प्रस्तुत गरेका छन ।

बघौडा, सुईया र बिभिन्न खहरे खोलाहरुले पार्ने समस्यालाई दिगो रुपमा समाधान गर्न आग्रह गरेका जनताले नरैनापुरलाई ब्यापारीक सानो नाकाको रुपमा बिकसित गर्दै लैजान पहल कदमी गर्न माननिय ढकाल समक्ष आग्रह गरे ।

औधोगिक सम्भावना अधिक रहेको नरैनापुरमा औधोगिक ग्रामकारुपमा लिने र नरैनापुरलाई बैजापुर हुदै मुख्य पुर्वपश्चिम राजमार्ग सम्म जोडने अठोट ब्यक्त गरे । नरैनापुरका युवाहरुमा केहि गरौ भन्ने भावना अति नै भएको चर्चा गर्दै सांसद ढकालले कृषिमा सिंचाई, बिउ बिजन र बजारीकरण सहितको कृषि कार्यक्रमसंग युवालाई जोडन आफुले पहल गर्ने बताए ।

बांकेको जुम्ला भनेर चिनिने नरैनापुरलाई आफुले सुगम भएको हेर्न चाहेको बताएका ढकालले यहाको अनेकन विकासमा आफनो साथ सदन र सडकमा भईरहेने चर्चा गरे ।  कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ति अधिकारी , नेकपा एमालेका जिल्ला तथा प्रदेश स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

  • १४ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech