बाँके । बाँके क्षेत्र नं.१ बाट निर्वाचित सांसद सुर्य प्रसाद ढकालले उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देनसँग भेटघाट गरेका छन।
ढकालले बाँकेको राप्ती नदि कटान ,डुडुवा नदि कटान ,सिक्टा नहरका कामहरु बारे मन्त्री राजेन्द्र प्रसाद लिङ्देनलाई जानकारी गराइएको बताएका छन।
बाँकेको विकासका लागि प्रत्येक मन्त्रालयहरुमा योजना माग गर्ने जस्ता कामहरु गरिरहेको उनले उल्लेख गरे । ढकालले मुख्य रुपमा तिन तहका सरकार बिच समन्वय र सहकार्य गर्ने काम भइरहेको समेत न्यूज मानसरोबरलाई जानकारी गराएका छन।