६ चैत्र २०८०, मंगलवार

सांसद अरुण चौधरी जेल चलान
  • न्युज मानसराेवर

बाँके\नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् ।

बिहीबार पक्राउ परेका उनलाई आज जेल पठाइएकोहो ।

२०६६ भदौ ३ गते लु. २ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा भन्दै कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनालाई २०७० वैशाख ९ गते छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

सोही फैसला कार्यान्वयन गर्न भन्दै प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो । शुक्रबार बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो । अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन् ।

उनी कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सांसद चौधरीको पक्राउ सुनियोजित भएको भन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहा नगरे सशक्त आन्दोलन गर्ने शुक्रबार चेतावनी दिएको थियो ।

  • २० माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech