६ चैत्र २०७९, सोमबार

७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न गरियो पालिका स्तरीय सम्मेलन
  • रामकृष्ण छिनाल

बैजनाथ \नेकपा एमालेको भातृय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले बैजनाथ गाउँपालिका स्तरीय सम्मेलनमा ७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न गरिएको छ।

पालिका स्तरीय भेलालाई सम्बोधन गर्दै मुक्ति समाजका केन्द्रिय उपाध्यक्ष तथा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य नन्द विश्वकर्माले संविधानले प्रत्याभूत गरेको अधिकारलाई संस्थागत गर्नका लागि राज्यका सबै अंगहरुमा समानुपातिक समावेशीकरण सहभागिता बनाउन दवाव सृजना गर्नु पर्ने बताए ।

उनले दलित समुदायका सवाल र मुख्य मुद्धाहरुमा नेकपा एमाले उठान गर्दै आइरहेको समेत बताए । उनले अब बैजनाथका सबै समुदाय र संस्थागत रुपमा समानुपातिक सहभागिता बारे अध्ययन गर्न समेत आग्रह गरे ।  उनले बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा मुक्ति समाजको विस्तार आवश्यक रहेको बताउदै तत्काल पालिका कमिटीले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको समेत बताएका छन।

राज्य निरही हुन्छ अधिकार माग्नु पर्छ त्यसका लागि समेत संगठित आवाज मुक्त समाजले गर्दै आइरहेको समेत बताएका थिए । अथितिका रुपमा सम्मेलनमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य मान बहादुर रुचाल, घननाथ खनाल शारदा रेग्मी विकले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेको थिए ।

सम्मेलनमा जिल्ला सचिवालय कमिटी सदस्य एवं बैजनाथ गाउँ कमिटी ईन्चार्ज  गुमान बहादुर दमाई ,जिल्ला कमिटी सदस्य एवं पार्टी फाँट ईन्चार्ज  डिल बहादुर परियार, जिल्ला अध्यक्ष हिम बहादुर सुनार, मुक्ति समाज केन्द्रीय सदस्य  हरी सुनार लगाएतको समेत सहभागिता रहेको थियो ।

त्यसै गरी पालिका स्तरीय सम्मेलनले ७ बुर्दे प्रस्ताव समेत पारित गरेको छ । नेकपा एमालेको संगठन सुदृढीकरण एवं विस्तारमा सहयोग
गर्ने । २०७९ चैत्र मसान्तसम्म पार्टीमा आवद्व सबै दलित समुदायको घर घरमा पुगी संगठनको सदस्यता वितरण एवं विस्तार गर्ने ।

मुक्ति समाजमा आवद्व सबै दलित समुदायलाई पार्टीको सदस्यता वितरण र नविकरणका लागि पहल गर्ने ।  संगठनको वडा तथा टोल कमिटीहरू गठन गरि परिचालन गर्ने र बढी भन्दा बढी दलित समुदायलाई संगठनमा आवद्व गर्ने ।त्यसै गरी भूमिहीन दलित समुदायलाई अविलम्ब जग्गा धनी प्रमाण पुर्जा वितरणका लागि वडा, पालिका र जिल्ला भूमि आयोगमा पहल गर्ने ।

त्यसै गरी नेपालको संविधान बमोजिम राज्यका सबै अंग र निकायमा समानुपातिक समावेशीकरणका लागि अग्रणी भूमिका निर्वाह गर्ने ।
त्यसै गरी  पार्टीको हरेक संरचनामा दलितको अर्थपूर्ण सहभागिताका लागि पार्टीसँग पहल गर्ने प्रस्ताव पारित गरेको हो ।

सम्मेलन बाट बैजनाथ गाउँपालिका स्तरीय अध्यक्षमा  हरि सिहं कामी ,उपाध्यक्षमा   डिल बहादुर परियार ,उपाध्यक्ष  नैना बिश्वकर्मा सचिवमा  अजय कुमार बिश्वकर्मा उप सचिवमा  कमला बि.क. उप सचिव कौशला बि.क. कोषाध्यक्षमा  लक्ष्मी बि.क. लगाएत २५ सदस्य पालिका कमिटी गठन गरिएको  नेकपा एमालेका जिल्ला सदस्य एवं पार्टी फाँट ईन्चार्ज  डिल बहादुर परियार जानकारी गराएका छन।

 

  • २० माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech