१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशसभा छैठौँ बर्षमा प्रबेश
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशसभा छैठौँ वर्षमा प्रवेश गरेको छ । २०७४ सालको निर्वाचनपछि प्रदेशसभाको पहिलो बैठक माघ २१ गते आजैको दिन बसेको थियो । जुन दिनलाई प्रदेश स्थापनाको दिन मानेर हरेक वर्ष स्थापना दिवस मनाउने गरिएको छ ।

पहिलो कार्यकाल पूरा गरेर दोस्रो कार्यकालमा प्रवेश गरेको प्रदेशसभाले छैटौँ स्थापना दिवस मनाउन थालेको हो ।राप्ती उपत्यका देउखुरी प्रदेशसभा परिसरमा औपचारिक समारोहको आयोजना गरेर प्रदेश स्थापना दिवस मनाउन थालिएको छ ।

प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सदस्य रहेका छन् । दोस्रो सभामा दश राजनीतिक दल र दुई स्वतन्त्र सांसद
छन् । नेपालको नयाँ संविधानअनुसार चार तहमा सभाको व्यवस्था गरेको छ । स्थानीय सभा, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा ।

ती सभाहरू जनताका आवाज बोल्ने ठाउँ हुन्। कानुन बनाउनेदेखि कानुन कार्यान्वयनको अवस्थाको अनुगमन गर्नेसम्मको जिम्मेवारी छ ।

प्रदेश संरचना नयाँ थियो । शून्यबाट काम सुरु गरेको लुम्बिनी प्रदेशसभाले पहिलो कार्यकाल अस्थायी मुकाममा बितायो । तर प्रदेशसभाबाट भएको निर्णय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरायो । फलस्वरूप स्थायी राजधानीमा प्रदेशसभाको आफ्नै संरचना स्थापना भयो ।

जहाँबाट दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालन भयो । ७ वटा प्रदेशमध्ये आफ्नै प्रदेशसभा भवन निर्माण गरेर सञ्चालन गर्ने पहिलो प्रदेशको रूपमा लुम्बिनी रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

  • २१ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech