११ असार २०८२, बुधबार

हात्तेपाईले रोग विरुद्धको बैजनाथमा अभिमुखिकरण सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ\हात्तेपाईले रोग विरुद्धको अभियान बारे बैजनाथ गाउँपालिकामा एक दिने अभिमुखिकरण सम्पन्न गरिएको छ सेवन गर्न बैजनाथ गाउँपालिकाका जनप्रतिनिधीले हात्तेपाईले रोग विरुद्धको औषधी ढुक्कसँग आग्रह गरेका छन् ।

बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले आइतबार आयोजना गरेको स्थानीय तह स्तरीय योजना तथा बहु निकाय गोष्ठी अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधीले हात्ती पाईले रोग विरुद्धको औषधी सेवन आग्रह गरेका हुन।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आथित्यतामा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रममा अधिकांस जनप्रतिनिधीले स्वास्थ्यकर्मीको निगरानीमा औषधी सेवन गराउनुपर्ने सुझाव समेत दिएका थिए । स्वास्थ्यकर्मीको निगरानीमा औषधी सेवन गराउँदा अभियान प्रभावकारी हुने उनीहरुको जोड रहेको छ ।

अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमले हात्ती पाईले रोग विरुद्धको औषधी सेवन गर्दा हुने फाईदा र औषधी सेवन नगर्दा हुने बेफाईदाबारे  सरोकारवाला लाई सहजीकरण गरेकी थिइन।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीका अनुसार उक्त गाउँपालिकामा हात्ती पाईले रोग विरुद्धको औषधी सेवन अभियान सञ्चालन गरिदैछ ।  कार्यक्रममा बैजनाथका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, रेडक्रस, पार्टी प्रतिनिधी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

 

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech