बैजनाथ \नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आज बाट पानी मिटर रिडिङ माध्यम शुरूवात गरेको छ ।
नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २ सय ५० घर घरधुरीमा खानेपानीको मुल्य रकम आज बाट हामीले पानी मिटर रिडिङ बाट चेक जाच गरि लिने भएका छौँ’खानेपानीका अध्यक्ष राजकुमार ढकालले जानकारी गराएका छन।’
बाँकेको बैजनाथ गाउँपालिका –४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मासिक खर्च करिब ७० देखि ८० हजार रुपियाँसम्म छ । तर ग्राहकबाट सङ्कलन हुने रकम भने मासिक करिब ४० हजार रुपियाँ मात्रै छ ।
स्थानीय सरकारले शुद्ध खाने पानी नागरिकको आधारभूत अधिकार भनेतापनि हाल सम्म कुनै सहयोग नभएको अध्यक्ष ढकालले बताएका छन। आर्थिक अभावकै कारण लक्ष्य अनुसार खानेपानीका पाइपलाइन विस्तार हुन सकैको छैन ।दुई हजार ५०० बढी घरधुरीसम्म खानेपानीको धारा जडान गर्न सकिने खानेपानी समितिका अध्यक्ष ढकालले बताएका छन।