११ असार २०८२, बुधबार

शहीदको त्यागले मुलुकमा परिवर्तन : मुख्यमन्त्री गिरी
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शहीदको त्याग र संर्घषबाट मुलुकमा परिवर्तन भए पनि संस्थागत भइनसकेको बताएका छन।  घोराही उपमहानगरपालिका-१४ को लखन पार्कमा स्थापना गरिएको नेपालका प्रथम शहीद लखन थापाको पूर्णकदको सालिक अनावरण गर्दै मुख्यमन्त्री गिरीले शहीदको सपना सकार पर्नका लागि परिवर्तनको दिगो रूपमा संस्थागत हुनुपर्ने  बताएका हुन।

‘शहीदको त्याग र संर्घषबाट यो व्यवस्था प्राप्त गरेका छौँ’, मुख्यमन्त्री गिरीले भन्नुभयो,‘अहिले प्राप्त गरेको व्यवस्थालाई थप संस्थागत गर्न अझै मिनेहत गर्नु आवश्यक छ।’

मुख्यमन्त्री गिरीले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मूलकमा समृद्धि र रोजगारी बढाउनुपर्ने समय आएको बताए।  नेपालमा धेरै परिवर्तन भए अब समृद्धि गरेर रोजगारीका अवसर सिर्जनातर्फ लाग्नुपर्ने उनले  बताए।

‘मूलकलाई समृद्धि र रोजगार सिर्जना गर्न अहिलेका तीनै तहका सरकारको प्रमुख दायित्व छ। त्यसतर्फ हामीले पनि ध्यान दिएका छौँ’, मुख्यमन्त्री गिरीले भन्नुभयो,‘त्यसको लागि तीनै तहका सरकारले विशेष योजना बनाएर काम गर्नुको विकल्प छैन।’

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech