१२ असार २०८२, बिहीबार

साहित्यकार ढकाल नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनीत
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रज्ञा प्रतिष्ठानले ३५ जना प्रज्ञा सदस्यहरु मनोनय गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को परिच्छेद ३ को ८ को उपदफा (३)ले दिएको अधिकार बमोजिम ३५ जनालाई प्रज्ञा सदस्यका रुपमा मनोनित गरेको हो । प्रज्ञा सदस्यमा सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरु मनोनित गरिएको बताइएको छ ।

ऐनको दफा ८ को उपदफा (२)बमोजिम अब मनोनीत मध्य बाट नेपाल प्रज्ञा प्रतिष्ठानको कार्य समिति विस्तार गरिने प्रावधान रहेको छ ।

त्यसै गरी लामो समय समाजिक तथा साहित्य क्षेत्रमा योगदान पुर्याएका बाँकेका महानन्द ढकाललाई  नेपाल प्रज्ञा प्रतिष्ठान सदस्यका रुपमा मनोनीत गरिएको छ । ढकाल पत्रकार उपन्यास लेखक ,साहित्यकारका रुपमा परिचित रहेका छन।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका संस्थापक अध्यक्ष समेत रहेका ढकाललाई यसरी प्रज्ञा सदस्यका रुपमा मनोनीत गर्नु बाँके जिल्लाको गरौव हुनुका साथै साहित्य क्षेत्रको विकासमा समेत योगदान पुग्ने विश्वास लिइएको छ।  त्यसै गरी बाँकेका शशीराम कार्कीलाई समेत प्रज्ञा सदस्यका रुपमा मनोनीत गरिएको छ ।

 

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech