१२ असार २०८२, बिहीबार

मुला साग र जोगिन्दरले हँसाए कोहलपुरलाई
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुरमा जारी लुम्बिनी प्रादेशिक महोत्सवमा  हास्यव्यंग्य कलाकारहरुले प्रस्तुती दिएका छन् ।

त्यसै गरी प्रादेशिक महोत्सवमा नेपाल आइडलबाट उदाएकी अस्मिता अधिकारीले समेत  प्रस्तुती दिइएकी छन।

महोत्सवको सातो दिन चर्चित गायिका अधिकारीले कोहलपुर महोत्सवमा आएका दर्शक आकर्षण गरेकी थिइन् ।

अधिकारीले को होला त्यो, तिम्रो घरको वरीपरी, लजावती फूलजस्तै लजाउँछौँ लगायतका गीत सुनाएकी थिइन् । यस्तै कोहलपुर महोत्सवमा सातौ दिन सुरेन्द्र के.सी. (मुला साग),जोगिन्दरपान वाला र गायक डिजराज पौडलले आफ्नो प्रस्तुती  दिएका दिए ।

महोत्सवको सातौ दिन ६ हजार टिकट बिक्रि भएको थियो भने कूल ४० लाख कारोबार भएको थियो । चक्र बमसहित अञ्जली अधिकारी आउँदै महोत्सवको आठौ दिन ५ जना चर्चित कलाकार तथा नृत्यंगानाहरुको प्रस्तुती रहने आयोजक उद्योग वाणिज्य संघले जनाएको छ ।

फागुन १२ गते कोहलपुर महोत्सवमा चक्र बम, अञ्जली अधिकारी, गायिका रिता के.सी.,रेश्मा पुन र गायक एम.टी.महरको विशेष प्रस्तुती रहनेछ । भने उद्घोषण गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठीले गर्नेछिन् । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।

  • ११ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech