२० असार २०८२, शुक्रबार

कोहलपुर महोत्सवमा गायक तथा मोडल चक्र बमको बेजोड प्रस्तुती
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुरमा जारी लुम्बिनी प्रादेशिक महोत्सवमा चर्चित गायक तथा मोडल चक्र बमले बेजोड प्रस्तुती दिएका छन् ।
महोत्सवको आठौ दिन युवा पुस्तामा निकै लोकप्रिय गायक तथा मोडल बलम बेजोड प्रस्तुती दिएका हुन् । उनले महोत्सवमा करिब १ घण्टा आफ्ना चर्चित गीतहरु सुनाएका थिए ।उनले गाएका हरेक गीतमा दर्शकहरुले अभूतपूर्व साथ दिए । उनका हरेक गीतमा दर्शकहरुले नाच्दै गाउँदै साथ दिएका थिए । उनका गीत विशेषगरेर युवापुस्तामा लोकप्रिय छन् ।उनले केही महिना अघि मात्रै रिलिज गरेको ‘कर्णाली,कर्णालीतिर’देखि पुराना गीत दाउ सड्काउने, जाडको झोल ओए काँजल, बम्बै गइजाने लगायतका गीत प्रस्तुत गरेका थिए । उनलाई विशेष गरेर युवायुवतीहरुले रहेक गीतमा नाचेर साथ दिएका हुन् ।

आठौँ दिनको अन्तिम प्रस्तुती दिएका उनले राती हुँदासमेत दर्शकले उनलाई ‘वान्स मोर,वान्स मोर’भन्दै गीत गाउन आग्रह गरेका थिए । फागुन १२ गते कोहलपुर महोत्सवमा चक्र बमसहित गायिका रिता के.सी,रेश्मा पुन र गायक एम.टी महरले विशेष प्रस्तुती दिएका थिए ।
कार्यक्रमको उद्घोषण गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठी र कोश खड्काले गरेका थिए ।

फागुन ११ गते नेपाल आइडलबाट उदाएकी अस्मिता अधिकारीसहित कोहलपुर महोत्सवमा सातौ दिन सुरेन्द्र के.सी  (मुला साग) जोगिन्दरपान वाला र गायक डिजराज पौडलले आफ्नो प्रस्तुती दिएका थिए ।
एलिना चौहानसहित स्वरुपराज आचार्यको प्रस्तुती
लुम्बिनी प्रादेशिक महोत्सवको नवौ दिन युवा पुस्तामा निकै चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुती रहने आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । चौहान पछिल्लो समय देशभर निकै रुचाइएकी गायिका हुन् ।

उनका ‘धोकेवाज हौँ तिमी’ र ‘मिनरल वाटर’ लगायतका गीत निकै चर्चित छन् । यसैगरी स्वरुपराज आचार्य र सत्यराज आचार्य पनि कोहलपुर आउने भएका छन् । स्वरुपराज डाँडाघरे साइली गीतबाट निकै चर्चित छन् । यस्तै चर्चित नृत्यांगाना आरुसी मगरको पनि प्रस्तुती रहनेछ । यस्तै स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

  • १२ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech