७ बैशाख २०८१, शुक्रबार

आज ऐतिहासिक दिन
  • खिल प्रसाद भुसाल

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संगठित रुपमा आवाज उठाइएको ऐतिहासिक दिन ।  प्रारम्भमा सन १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कमरेड क्लारा जेड्किन सेक्रेटरी भइन । तत पश्चात् १९०८ को मार्च ८ का दिन अमेरिकाको शिकागो सहरमा समान कामको समान ज्याला, समानता र मताधिकार सहितका माग राखी महिलाहरूले हडताल सहित विशाल जुलुस प्रदर्शन गरे ! महिला हक अधिकारका लागि माग गर्दै भएको सोही प्ररम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकार प्राप्तिको संघर्षको दिनका रुपमा हरेक बर्ष ८ मार्चलाई सम्झिने गरिन्छ ।

जर्मन मार्क्सवादी महिला नेतृ कमरेड क्लारा जेटकिनले सन १८१० मा कोपेनहेगेनमा आयोजित श्रमिक महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका मनाउने प्रस्ताव गरेकी थिईन । जसलाई सम्मेलनले पारित गर्यो र सन १९११ देखि श्रमिक महिला दिवस मनाउने परम्पराको थालनी भयो । जो आज सम्म कायमै छ ।

तर वर्तमानमा श्रमिक महिला दिवस फगत मनाउनको लागि मनाउने गरिन्छ । यश दिवसको थालनी, यसको मर्म उदेश्य प्राप्ति भन्दा पनि पुँजीवादी विकृत तथा जालझेल र प्रपन्च श्रृजना गरि यश दिवशलाई र सम्पूर्ण श्रमजीवी महिलाको मुत्ती आन्दोलनलाई दिग्भ्रमित बनाईदै छ । तसर्थ सम्पूर्ण श्रमजीवी महिलाले यसको मर्म र उदेश्य वुझि अग्रजले दिशानिर्देश गरेकोे मार्ग पहिचान गरि पूँजीवादी र एन जि ओ का भ्रमलाई खण्डित गरि यसको लक्ष उदेश्य अनि मर्मका आधारमा यो महिला मुत्ती आन्दोलनको रुपमा अघि वढाउन जरुरी छ । समग्रमा महिला मुत्ती आन्दोलन भनेको आर्थिक मुत्ति आन्दोलन पनि हो ।

समानताका कुरा गर्दा हाम्रोजस्तो मुलुकमा सामाजिक सुरक्षा र पैत्रिक वंशिय अधिकार प्राप्ति पनि हो । संविधान (मूल कानून) मा वंशिय अधिकारको उल्लेख्य भए तापनि कानून नवन्दा अहिले पनि नेपाली महिला परम्परागत विभेदका शिकार भएका छन ।

पूँजीवादी समाजले महिलालाई वस्तुका रुपमा परिभाषित गरि बजारीकरण गरेको छ तसर्थ यस्का विरुद्धमा नेपाली महिलाले आवाज मुखारित गर्नु पर्ने दृखिन्छ । पल शाह प्रकरण संदिप लामिछाने प्रकरण निर्मला प्रकरण अनि सुनिता नमिता प्रकार आदि विषयमा नेपाली श्रमजीवी महिलाहरूले आवाज मसखारित गरिनु पर्दछ ।

शोषण शासन र विभेदका विरुद्धमा नेपाली कम्युनिस्टहरूले साथ दिनु पर्दछ र मात्रै सामाजिक रुपान्तरण मा आधा आकाश र आधा धर्ती पनि जर्मुराउने छ अनि हाम्रो समा सभ्य सुसंस्कृत र अग्रगमन सहित समृद्ध हुने छ भन्ने अपेक्षा राखेको छ। जय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस।  लेखक नेकपा एमाले बाँकेका प्रभावशालि नेता हुन 

  • २४ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech