गुल्मी\गुल्मीमा ४ वटा क्याम्पसमा स्ववियु सभापति सहित सबै पद निर्विरोध भएको छ । जिल्लाको मानका टिकाराम बहुमुखी क्याम्पस मजुवा, चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुर, सत्यवती बहुमुखी क्याम्पस सत्यवती र रिडी बहुमुखी क्याम्पस रिडीमा स्ववियु सभापति सबै पदमा निर्विरोध भएको हो ।
यी क्यामपसहरुमा अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)बाट मिलेर एउटै प्यानल बनाएर उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका हुन् । मानका टिकाराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुबाट आकाश खरेल, उपसभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) बाट दिपा भण्डारी, सचिवमा नेविसंघबाट वर्षा अर्याल क्षेत्रीले निर्विरोध निर्वाचित भएको क्याम्पसका स्ववियु निर्वाचन संयोजक यज्ञमुर्ती भण्डारी बताए ।
त्यस्तै सहसचिवमा अनेरास्ववियुबाट मुना गौतम, कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तीकारी) बाट बिष्णु राना कुमाल निर्वाचित भएका छन् । बाँकी सदस्य पदमा पनि दुई/दुईवटा सदस्यका दरले तीन संगठनले बाँडेका छन् ।
त्यस्तै जिल्लाको चन्द्रकोट बहुमुखी क्याम्पसमा पनि तीनवटा संगठन मिलेर एउटै प्यानल बनाएर उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका हुन् । क्याम्पसको स्ववियु सभापातिमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तीकारी)बाट प्रभा गौतम, उपसभापतिमा नेविसंघबाट श्रीराम गौतम, सचिवमा अनेरास्ववियुबाट ज्योति बिक, सहसचिवमा नेविसंघबाट रिता गौतम, कोषाध्यक्षमा अनेरास्ववियुबाट दीक्षा पौलेल निर्विरोध निर्वाचित भएको चन्द्रकोट बहुमुखी क्याम्पस प्रमुख इन्द्रबहादुर थापाले बताए ।















