१३ बैशाख २०८१, बिहीबार

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित गर्न उच्च अदालत सुर्खेतको आदेश
  • न्युज मानसराेवर

सुर्खेत \उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ ।

मंगलबार ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत तीनजना विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै दायर गरेको रिटमा अदालतले यस्ताे आदेश दिएको हो । अदालतले अर्को आदेश नआउँदासम्म चैत ३ गते हुन लागेको निर्वाचत रोक्न भनेको हो ।

अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । ती विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech