१३ बैशाख २०८१, बिहीबार

आज उपराष्ट्रपति निर्वाचनको मतदान हुँदै
  • न्युज मानसराेवर

काठमाडौँ\उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदानस्थल बनाइएको छ ।

निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् । संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० मतदाता रहेका छन् तर मतभार भने फरक–फरक हुन्छ । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहेको छ ।

निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति पदमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिएका छन् ।

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech