८ बैशाख २०८१, शनिबार

कोहलपुर बागेश्वरीमा क्याम्पसमा बुढाको प्यानल निर्वाचित
  • न्युज मानसराेवर

कोहलपुर \बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अनेरास्ववियुका पुरै प्यानल निर्वाचित भएका छन।  मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा अनेरास्ववियु बाट अध्यक्ष उम्मेदवार देवेन्द्र बहादुर बुढाको प्यानल नै निर्वाचित  भएको हो ।

स्ववियु निर्वाचनमा सभापतिमा  देबेन्द्र बुढा ४सय ५४ मत ल्याएर विजयी भएका हुन। नेविसंघबाट अध्यक्ष उम्मेदवार टिका कुमारी शाहीले कूल २ सय ४० मत मात्र प्राप्त गरिन।  त्यसै गरी  अखिल (कान्तिकारी) अध्यक्ष उम्मेदवार लक्ष्मण आचार्यले २ सय २४ मत प्राप्त गरेका थिए ।

अनेरास्ववियु बाट  सचिवमा महेन्द्र मल्लले ३१४ मत र कोषाध्यक्षमा  सुरेश चादरले ३१४ मत ल्याएर विजयी भएका छन्।

यस्तै सदस्यमा अभिसा बोहोराले ३१७, निर्थकुमारी नकालले ३२७ मत र सिर्जना मल्लले ३३७ मत ल्याएर विजयी भएका छन्।

जम्मा मत संख्या ११९२ रहेकोमा ९६० मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech