१४ बैशाख २०८१, शुक्रबार

कोहलपुर नगर प्रमुखको मनमाैजी (पुरा विवरण सहित)
  • रबि रोकाया

कोहलपुर/कोहलपुर नगर विकास समितिले गत मंसिर २६गते एक अनौठो निर्णय गरेको छ ।

२०७९ साल मंसिर २६ गते कोहलपुर नगरपालिकाका नगर प्रमुख एवं नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले आफ्ना कार्यकर्ताहरुको व्यवस्थापन गर्नका लागि सम्झौंता बमोजिमको मासिक दररेटलाई नै घटाएर एकलौटी ढंगले कोहलपुर न्यूरोडमा रहेको शौचालय, सोसँगै रहेको शटर तथा जोडिएको खाली जमिन उपलब्ध गराएको तथ्य सार्वजनिक भएको हो ।

 

नगर विकास ऐन, २०४५ को दफा (४) अनुसार नगर विकास समितिको बैठकमा नगर प्रमुख पूर्णप्रसाद आचार्य, जिल्ला समन्वय समितिका सदस्य सन्तकुमार थारु, जिल्ला नापी कार्यालय, बाँकेका प्रतिनिधि सुर्यप्रसाद ढकाल, मालपोत कार्यालय, बाँकेका खरिदार बिरेन्द्र कार्की, सब डिभिजन वन कार्यालय कोहलपुरका रेन्जर दिप बहादुर शाही, वडा नं.११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, वडा नं. ०९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगी, वडा नं.१४ का वडा अध्यक्ष एवं कोहलपुर नगरपालिकाका प्रवक्ता नमबहादुर आले, नगर विकास समितिका सदस्य मोहन प्रसाद चापागाई, सदस्य गिता वली र कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सदस्य सचिव टिकाराम ढकालको उपस्थितिमा बसेको बैठकले मिति २०७९ साल श्रावण ०१ गते गतेका दिन नगर विकास समितिको तर्फबाट २०८० साल असार मसान्त सम्मका लागि मासिक रु.२९,२२८।–(अक्षेरुपी उन्नातिस हजार दुईसय अठ्ठाईस रुपैंया) का दरले गरेको संझौता उल्लङघन गर्दै राज्यको राजश्व संकलनमा हानी नोक्सानी पुर्याउर्दै पदिय दुरुप्रयोग  गरको पाईएको छ ।

मासिक रु.२९,२२८।–(अक्षेरुपी उन्नातिस हजार दुईसय अठ्ठाईस रुपैंया) को दरले भएको संझौताको अवधी बाँकी रहदाँ रहदै आफ्ना कार्यकर्तालाई संरक्षण गर्ने उदेश्यले ठेक्का रकम समेत घटाएर मासिक रु.१३,०००। (अक्षेरुपी तेरह हजार) का दरले सो स्थानको ठेक्का फुड बाटिका कोहलपुर–११ लाई उपलब्ध गराइएको तथ्य सार्वजनिक भएको हो ।

राज्यलाई आफुले मासिक रु.३०,०००।– (अक्षेरुपी तिस हजार) का दरले रकम उपलब्ध गराउँदै आएको भएतापनि आफ्नो संझौता अवधी बाँकी रहदाँ रहदै नगर विकास समितिले कुनै जानकारी नगराई एक्कासी ठेक्का आब्हान गरेपछि मात्रै आफुले जानकारी पाएको र मासिक रु.४०,०००।– का दरले तिर्ने गरी टेण्डर हाल्दा समेत सो ठेक्का दर्ता नगरी अर्कै ब्यक्तिलाई शौचालय, शौचालयसँगैको सटर र सँगै रहेको जमिन उपलब्ध गराए पछि मात्रै जानकारी पाएको नब्बी हजामका भाई  सलमान अलीले  बताएका छन् ।

त्यसै गरी उक्त स्थानमा कोहलपुर खाजा घरले थप मासिक १६ हजारका दरले  भाडा तिर्दै आएको थियो ।  उच्च श्रोतका अनुसार फुट बाटिका कोहलपुर–११ का संचालन निशान भण्डारी रहेको बुझिएको छ । निशान भण्डारी यस अघि कोहलपुर नगरपालिका कार्यालयका करार सेवा अन्तरगत अमिन पदमा रहेर काम गरेका ब्यक्ति हुन।

जिल्ला प्रशासन कार्यालयको छैन उपस्थिती कोहलपुर नगर विकास ऐन २०५४ दफा (४) अनुसार कुनै महत्वपूर्ण निर्णय गर्दा जिल्ला प्रशासन कार्यालयको उपस्थित हुन आवश्यक पर्छ । तर २०७९ मंसिर २६ गते बसेको बैठक पुस्तिकामा इलाका प्रशासन कार्यालयको उपस्थिती  देखिदैन। तर नगर विकास समितिको कार्यालय र ईलाका प्रशासन कार्यालय दुरी १०० मिटरको दुरीमा कार्यालय रहेको छ ।

 

 

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech