बाँके\कोहलपुर नगरपालिकाद्वारा विभिन्न विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्नका लागि खरिद गरिएको सेनेटरी प्याड गुणस्तरहीन भएको पाइएको छ।कोहलपुर नगरपालिले निशूल्क वितरण गर्न लाग्ला विद्यालयका शिक्षकहरुको विरोध पश्चात उक्त सेनेटरी प्याड परिक्षणका लागि काठमाडौ पठाइएको बुझिएको छ ।
उक्त खरिद गरिएका सेनेटरी प्याड परिक्षणका लागि गुण नियन्त्रण तथा नापतौल विभाग काठमाडौँ पठाइएको हो। कोहलपुर नगरपालिकाले जस्मिन हाइजिन नामक सप्लायर्स कम्पनीमार्फत २७ लाख रुपियाँ बराबरको सेनेटरी प्याड खरिद गरेका उल्लेख गरेको छ ।