१३ जेष्ठ २०८३, बुधबार

नगर विकासले मिलेमतोमा सार्वजनिक जमिन दिइएको तथ्य सार्वजनिक
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर न्युरोडमा रहेको सार्वजनिक शौचालय तथा सटर भाडामा दिदाँ मिलोमतोमा  दिइएको तथ्य सार्वजनिक भएको छ । कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको सूचना अनुसार कोहलपुर ११ फुड बाटिकालाई सटर तथा सार्वजनिक शौचालय भाडामा दिदाँ सार्वजनिक खरिद नियमावली कार्यान्वयन , कोहलपुर नगर विकास समितिको सटर भाडामा दिने कार्यबिधी र यस अघिका सबै मान्यताहरुलाई  लत्याई  मिलेमतोमा उक्त शौचालय  ,सटर तथा जमिन  दिएको पाइएको हो ।

प्रतिष्पर्धा बिना फुड बाटिकालाई सटर

नेपाल सरकारले कुनैपनि बस्तु खरिद बिक्री तथा भाडामा लगाउनका लागी एक सार्वजनिक खरिद नियमावली बनाएको छ ।
खरिद प्रक्रियालाई प्रतिस्पर्धात्मक बनाउन बनाइएको सार्वजनिक खरिद नियमावली कोहलपुर ११ न्युरोडमा रहेको सटर तथा सार्वजनिक शौचालय भाडामा लगाउँदा पालन नभएको पाइएको छ ।

सरकारी तवरबाट कुनै बस्तु खरिद बिक्री वा भाडामा दिन सार्वजनिक सूचना गनु पर्ने , परेका बेलपत्र लाई प्रतिस्पर्धात्मक बनाउन कम्तिमा ३ वटा फर्म , कम्पनी वा व्यक्ति बिच प्रतिस्पर्धा भएको हुनु पर्ने उल्लेख छ ।

सार्वजनिक खरिद नियमावलीका जानकारका अनुसार कोटेसनमा दिदा  ३ वटा फर्म , व्यक्ति वा कम्पनी आवश्यक हुन्छ भने सार्वजनिक सूचना जारी गरेर बोल पत्र आव्हान गर्दा न्युनतम कम्तिमा  ३ वटा फर्म अनिवार्य आवश्यक हुने गर्दछ ।

कोहलपुर नगर विकास समितिले दिएको सूचना अनुसार सो बोलपत्र आव्हान गर्दा २ वटा फर्मले मात्रै बोल पत्र दर्ता गरेको देखिन्छ । बोलपत्रमा बढि भाडा कबोल गरेको फुड बाटिकालाई सटर र सार्वाजनिक शौचालय भाडामा दिएको उल्लेख छ ।

कोहलपुर नगर विकास समितका पूर्व अध्यक्ष टेक नारायण भुसालले सटर वा अन्य बस्तु भाडामा दिदा वा खरिद बिक्री गर्दा विगतमा प्रतिस्पर्धात्मक तरिकाले दिने गरिएको बताए ।

उनले कम्तिमा तिन वटा फर्म बिच प्रतिस्पर्धा गराएर मात्रै टेन्डर प्रक्रियालाई पूर्णता दिने विगतको अभ्यास रहेको उनको भनाई छ।हालको नियम वा अभ्यास आफू लाई जानकारी नभएको उनले बताए।कोहलपुर नगर विकास समितका पूर्व अध्यक्ष अवराज खड्काले कम्तिमा ३ वटा र्फमले प्रतिस्पर्धा नगरे पुन सूचना आवहान गर्नुपर्ने बताए।विगतमा पनि सोही अनुसार हुने गरेको उनको भनाई छ ।

धरौटी बिना सटर भाडामा

सटर भाडामा लगाउने व्यक्ति वा संस्थाले समान्यतय केही महिनाको भाडा रकम धरौटी वापत राख्ने समान्य प्रचलन छ ।

सार्वजनिक खरिद नियमावली र कोहलपुर नगर विकास समितिले विगतमा सटर भाडामा दिदा कम्तिमा ३ महिनाको भाडा रकम धरौटी वापत राख्ने गरेको थियो  । तर सो नियमपछि फुड बाटिकाका लागी सटर भाडामा दिने समयमा पालना नगरेको पाइएको हो ।

कोहलपुर नगर विकास समितिको कम्प्युटर अपरेटर रेणुका रावतले फुड बाटिका लाई सटर भाडामा दिदा टेन्डरका वखत र सम्झौता गर्दाको समयमा पनि कुनै रकम धरौटी नराखिएको जानकारी दिइन । कोहलपुर नगर विकास समितका इन्जिनियर बिराज अर्यालले आफूलाई सो बिषय जानकारी नभएको बताए । समान्य अवस्थामा तिन महिनाको धरौटी रकम लिने गरिएको उनको भनाई छ ।

सदस्य सचिवको उपस्थिति बिना मूल्यांकन समितिको बैठक

फुड बाटिकालाई सटर भाडामा दिने मूल्यांकन समितिको बैठकको निर्णय पुस्तिकामा  कोहलपुर नगर विकास समितका सदस्य सचिव टिकाराम ढकालले अध्यक्षता गरेको व्यहोरा उल्लेख छ । तर नेपाल रेकर्डलाई प्राप्त मूल्यांकन समितिको बैठकको निर्णय पुस्तिकामा ढकालको हस्ताक्षर छैन । सदस्य सचिव उपस्थित नभएको सो बैठकको निर्णय पुस्तिकामा इन्जिनियर  बिराज अर्याल , अमिन पदम प्रसाद आचार्य , कम्प्युटर  अपरेटर रेणुका रावतको मात्रै उपश्थिती र हस्ताक्षर छ । सदस्य सचिव ढकाल र लेखापाल टिकाराम खत्री अनुपश्थित छन ।

बैठकको अध्यक्षता गर्ने ढकाल र लेखापाल नै अनुपस्थित बैठकले कसरि सो निर्णय गर्यो संकाका घेरामा छ । उपश्थितीका बिषयमा सदस्य सचिव टिकाराम ढकाल संग बुझ्दा आफ्नो उपस्थिती बारे एकिन बताउन सकेनन । उनले मेरो अध्यक्षता बैठक बसेको भए आफु उपस्थित भएको हुनु पर्ने बताए ।

 विगतमा २९ हजारमा दिएको सटर भाडामा दिने सम्झौता तोडेर १३ हजारमा फुड बाटिका लाई सटर भाडामा दिएको बारे न्यूजमानसरोबर डट कम तथा आम संचारमाध्यमा  समाचार प्रकाशनमा आएका थिए । समाचार प्रकाशनमा आएपछि आफ्नो प्रतिरक्षा गर्दै कोहलपुर नगरपालिका प्रमुख तथा कोहलपुर नगर विकास समिती अध्यक्ष पुर्ण प्रसाद आचार्यले एक अनलाईन टिभि संग कुराकानी गर्दै  ४/५ वटा फर्म बिच प्रतिस्पर्धा गराएर फुड बाटिकालाई बोलपत्र स्विकृत गरेको बताएका छन । तर कोहलपुर नगर विकास समितिले दिएको सुचनामा भने त्यसो भएको पाईएन । २ वटा फर्मले मात्रै सो प्रक्रियामा सहभागी भएको तथ्य  सार्वजनिक भएको छ ।  

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech