११ बैशाख २०८१, मंगलवार

दुई माना काफल एक माना मसुरो साटिन्थ्यो !
  • कल्पना कार्की

‘कोइलिको कुहु कुहु आवाज,चरा हरु चिर वीर चिर वीर आवाज ,सल्लाका रुखहरु हावाका बेगसंगै सुशेलि हाल्दै आएको आवाज ,टल्किने सफा पानी ,बगिरहेको कल कल झरनाको आवाज ,राता काला लटरम्म फलेका काफलले यति बेला जङ्गल निकै रंगिन बनेको हुन्छ।’

अनि एक डाडा बाट अर्को डाडामा कराउने कफ्लेनिको आवाजले त्यही जङ्गलमा मानव हरुको आवाज गुन्जिन्छ । आहा साच्चिकै कति प्यारा थिए ती दिनहरु।आज त्यही दिनलाई मन मस्तिष्कमा कैद भएर बसेका छ्न छ्न चाहेर पनि ती बालापन ती सल्लाको कुशुममा खेलिको चिप्लेटी ,ढुङ्गा ओल्टाई पल्टाई गरेर निकालेका गगटो ,खोलाको छेउमा पाईने निउरो टिप्ने आगलागी भएर पलाएका कलिला कुथुर्केका मुनाहरु टुपु टुपु टिपेर मुठो बाधेर दाउराको भारिमा राखेर घरमा ल्याएका ती कथा थिए ।

ती दिन थिए जुन साच्चिकै मिठा पल थिए साथि संगीको जमघट जिरे खुर्सानी पिसेर लिएको नुन खुर्सानी ,साथमा अमिलो बोकी ,मकै भटमास बोकेर जङ्गल यात्रा गरिन्थ्यो आमाले बुनिदिएको ढकिया कपडामा बेटारेर कुम्लो पारी टाउकोमा वाधेर यो सिजनमा काफल टिप्न जान्थ्यौ बारिमा भएका काफल चोर्था अनि ऐसेलुको काराले बार्ने भन्ने हुन्थ्यो वरि परि काडा लगाए त्यो रुखमा कोहि जान्न थियो कति इमानदारीता थियो त्यो बेला यो त बारेको काफल हो जानू हुन्न भन्ने मानसिकता हुन्थ्यो उति बेलामा मानबमा ।

अनि नबारेको काफल टिप्न जंगली जाने गरिन्थ्यो धेरै काफलको रुख भएर कफ्लेनी खोला भन्ने ठाउँ त्यही जान्थ्यौ। शनिबार को दिन बिदाको दिन हाम्रो साथिहरुको जम घट गरेर त्यो ढकिया भरी काफल लिएर आउथ्यौ।केही काफल मावल जान्थे, लिएर केही काफल फुर्सद भए सम्म बेच्न नत्र आफै खाने घरमा गरिन्थ्यो ।

यो सिजनमा बर्खे खेती गर्नेलाई कालिपारे दाईहरु फर्किने सिजन पनि हो अहिले भारत भन्न सिकेका छौ उतिबेला कालापहाड गाको भनेर सिकाईन्थ्यो कालापहाड कमाउन जानू भएकाहरु ठूलो टेब भन्थिम हामी त्यो बेला क्यासेट वजाउने टेप हुन्थ्यो कालिपारे दाइ ,सर सर पानी घट्टम ,छिनको छिनैमा ,सल्लेरी पाखैले लगायतका गितहरु ठूलो स्वरमा बाटोमा गित बजाएर गुन्जायमान बनाउदै कालिपारे आउथे हामी छिटो कालिपारे दाइ आको थाहा पाएर आमाले टाउकोमा बाधेको कपडा निकाल्न लाग्थ्यौ ।

अनि पारी त्यो आवाज सुन्न बितिक्कै छिटो नुन खुर्सानी पिसेर कटौरा भरी काफल राखेर त्यो कपडा बाटोमा बिछ्याएर राखी दिन्थिम त्यो बर्की डास्ने भन्ने गरिन्थ्यो कालिपारे दाइ आउनु हुन्थ्यो त्यो काफल त्यो नुन खुर्सानी लिएर आफुले ल्याएको बिडि,चकलेट ,स्याउ, केही पैसा राखी दिनु हुन्थ्यो हामी लुकेर बस्थिम अनि ती दाइ गए देखि लिन्थ्यौ ।

म त त्यति बेला थिए ९\१० बर्षको उमेर थियो सबै उस्तै उस्तै उमेर का काफल धेरै टिपेको दिन ठुला ठुला अन्टि दिदिहरु काफल बेच्न जाने सल्ला गर्नु हुन्थ्यो त्यो सुनेपछि आफू पनि जाने भनेर जिद्दी गर्थे सानो छ्स टाढा छ हिड्न धौ हुन्छ ।

लजान्नौ भन्नू हुन्थ्यो तर म सक्छु भनेर हिक्मत गर्थे रुन्थे लिन्न भन्दा अनि नलिई नहुने बनाउथे अनि शुक्रबार हाप छुटिमा स्कुल बाट आएर काफल टिप्न जान्थिम अनि शनिबार बेच्न।बारेको काफल भने बिहान टिपिन्थ्यो अनि ७ बजे यात्रा शुरु हुन्थ्यो रोटि गोल्भेडाको अचार ,भिजाको मकैको खाजा राखेर ढकिया बोकेर काफल बेच्न जाने यात्रा तय हुन्थ्यो ।

रुकुम को चौरजहारी जहाँ ७ बजे हिडेर गए देखि ११ बजे सम्म पुगिन्थ्यो अनि ढकिया भरी काफल बोकेर म पनि जान्थे एउटै उधेस्य हुन्थ्यो त्यहाँ जहाज बस्थ्यो हेर्न पाईन्थ्यो अनि चाउमिन खान पाईन्थ्यो ठूलो बजार सम्म बजार हेर्न पाइन्थ्यो पैसा आयो भने ठूलो कापी किन्न पाईन्थ्यो एउटा ५ रुपैयाँ पर्ने चाउ चाउ खान पाईन्थ्यो जति बेला चाउ चाउ भनेछी हुरुक्क अनि हातमा छाप लाग्ने बल्गम नि खान पाईन्थ्यो रोई रोई भएनी जबर्जस्ति जिद्दी गर्दै जान्थे ।त्यो उकालो चढ्दै हिडदा खुट्टा दुखे पनि रुदै भनेर आको भन्न भएन अशय पीडा हुदा पनि हास्थे गाह्रो भयो भन्दा मुसुक्क हास्दै नाई भन्थे गाह्रो त कति भएको हुन्थ्यो हुन्थ्यो ब्यक्त गर्न पाईएन पीडा छुपाएर हास्दै बरु गित गाउदै हिड्थे।

अनि शुरु हुन्थ्यो काफल बेच्ने काम चौरजहारिमा धेरै मसुरो उत्पादन हुन्थ्यो पैसाले किन्लान भनेको त दुई माना काफल एक माना मसुरोले साट्थे आफुलाई चाईएको हुन्थ्यो पैसा रिस त उठ्त्थ्यो मनमा तर नि दिईन्थ्यो सबै सकेर आउन पनि थियो ।कोहि कोहिले ५ रुपैयाँ मा किन्नु हुन्थ्यो । कोहिले १० ,२०,३० को लिनु हुन्थ्यो बजार एरियामा गाउँ तिर गए । मसुरोले साट्न हुन्थ्यो ।आउदा १ पाथी जति मसुरो करिबज्ञण्ण्रज्ञछण् जति पैसा बोकेर आईन्थ्यो ।

एक पटक फर्किदा काफल ढिलो बिक्रि भएर बाटोमै एक जना चिनेको घरमा बस्नु पनि परेको अझ अलि अलि बचेको थियो काफल त्यही छोडेर आएको पनि त्यतिक्कै बच्चाको दुख भनेर द्दरघ माना माना मसुरो थपिदिनु हुन्थ्यो ।घरमा आउदा गाली खुब खाईन्थ्यो तर पछि २ पाथी मसुरो देखेपछी अनि त्यो पैसा हात पार्दा त्यो रिस खै कता हराउथ्यो बुबा आमाको । पढ्न छोडेर काफल बेच्न जाने भनेर गालि गर्नु हुन्थ्यो र पनि जान छोड्ने थियनौ शुक्रबार हाप छुटी हुदा काफल टिप्ने शनिबार बेच्न जाने गरिन्थ्यो ।

२०६४रबैशाख र१७ गते मैले आफू जन्मेको गाउँ सल्यान जिल्ला कालागाउँ ७ नेटा साबिक कुमाख गाउपालिका ५ बाट बसाई सरि १३ बर्षको उमेरमा छोडेर कोहलपुर आईयो ।आउनु भन्दा केही दिन अघि काफल खादै गर्दा बजै भन्नू हुन्थ्यो शहर मा सबै पाईन्छ नानी पैसा हुन पर्यो यहाँ पाउने हरेक कुरा पाउछ सुख सुबिधा भएको ठाउमा जाँदै छौ तिमिहरु पिर नगर भन्दा आखाभरी आशु भएको सम्झना ताजै छ ।

सायद ती बालापन बिताएका सल्यारी पाखा ,खेलेको त्यो आगन ,बादर झै रुखमा चढेर खाने ती काफलका बुटा ,कालै भएर पाकेखा पलम ,रातै भएर पाकेका आरु ,पहेलै भएर झुन्डिएका अमिलो,कागतीका बुटा हरेक किसिमका फलहरु रुखमा चढेर खाईन्थ्यो ।

पाउन त यहाँ पाउछ सबै बजैले भने झै तर ताजा त्यहाको जस्तो कहाँ हुन्छ र बजै आज हजुरका ती शब्द झल झली याद आईराछ यहाँ पैसा छ सबै छ पैसा छैन केही छैन यो शहरमा बजै । तपाइले भने झै अहिले काफलको सिजनमा काफल पनि यहाँ पुगेका छ्न।

सानो गिलासको काफल पनि रछण्रज्ञण्ण्पैसा दिएर किनेर खान परेको छ । हिजो ती दिन थिए आफै काफल बेच्न पुगिन्थ्यो बिडम्बना अहिले आज आफुले किनेर खानु परेको छ । हिजो आफुले टिपेर रुखमा मज्जाले खाईन्थ्यो घरमा बाटाभरी काफल नुन खुर्सानी लगाएर बसेर ढुङ्गाको चारी खेल्दै काफल खादै आहा ती बालापन निस्वार्थ प्रेम भाब झल्किएका ती साथिहरु भाडाकुडी खेल्दै कोशेली पनि काफल बनाएर सालको पातको टपरी वनाएर लिने अनि फेरि खोलेर खाने कति हासो लागेर आउँछ । त्यो बालापन सम्झिदा । साच्चिकै एक पटक फर्किन मन छ । बालापनमा तर समयले कहाँ बाट कहाँ पुर्यायो जन्मियो कता हुर्कियो कता अब पुग्ने कता अझै अन्योलमा छ जिन्दगी ।

  • ४ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech