९ बैशाख २०८२, मंगलवार

स्वरोजगार नगर निमार्णमा स्थानीय सरकार प्रतिवद्ध छः मेयर आचार्य
  • कल्पना कार्की

बाँके\पलम्बर एशोशियनको दोश्रो साधारणसभा आज शनिबार बाँकेको कोहलपुरमा सप्पन्न भएको छ।

सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले स्थानीय सरकार सिपमुलक तामिमहरुलाई आफ्नो नीति तथा कार्यक्रम मार्फत  बजेट विनियोजन गर्दै स्वरोजगार नगर निमार्णमा प्रतिवद्ध रहेको बताएका छन।

उनले नगरका सबै युवाहरूलाई स्वदेशमै रोजगारी सृजना होस् भन्ने उदेश्यले सीप सिकेर प्रमाणपत्रको मात्र नभई अपेक्षा गुणस्तरिय काम गरि प्रतिस्पर्धात्मक समाज निमार्ण गर्न स्थानीय सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको उल्लेख गरेका छन।

उनले पलम्बर एशोशियनको साधारण सभा सफल्ताको शुभकामना समेत व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ११ कि वडा अध्यक्ष कल्पना शर्मा अधिकारीले बाँकेको सबै स्थानीय सरकारहरुले दररेट कायम गर्न अनिवार्य रहेको बताइन। उनले स्थानीय सरकारले आफ्नो नीतिमा कामको मुल्यांकन आवश्यक रहेको बताए ।

कार्यक्रममा आर्थिक बर्षका कार्य प्रगती र आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो । साथै कार्यक्रमका श्रमको सम्मान गर्दै जेस्ट सदस्यलाई सम्मान समेत गरिएको थियो । पलम्बर एशोसियस बाँकेका अध्यक्ष अशोक कुमार चौधरीको अध्यक्षतामा सम्पन्न सभामा बाँके जिल्लामा कार्यरत विभिन्न पल्मबर प्राबिधिकहरुको सहभागीता रहेको रहेको थियो ।

  • १३ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech