बाँके\नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बाँकेले पूर्णता पाएका छ ।
अनेरास्ववियु बाँकेकाे आज भएको जिल्ला भेलाले नेरास्ववियु बाँकेलाई पूर्णता दिइएको हो ।
जिल्ला भेलाले प्रकाश बिश्वकर्मालाई संयाेजक चयन गरेकाे छ ।
त्यसै गरी सह-संयाेजकमा अमृत खत्री, राेशन शाही ठकुरी, सचिवमा विकास बिक्रम केसी, सह-सचिवमा माधव खत्री,सफल बिष्ट,हस्त जिएम,सिर्जना मल्ल र काेषाध्यक्षमा जय राना चयन गरिएको नेकपा एमाले बाँकेले जनाएको छ ।
अनेरास्ववियु बाँकेको जिल्ला कमिटीमा पदाधिकारी सहित २७ सदस्यीय कमिटि बनाइएको छ ।
जिल्ला भेलामा नेकपा एमालेका जिल्लाका पदाधिकारी ,प्रदेश कमिटी सदस्य .लगाएतको सहभागिता रहेको थियो ।