७ बैशाख २०८१, शुक्रबार

अनेरास्ववियु बाँकेले पायो पूर्णता
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बाँकेले पूर्णता पाएका छ ।

अनेरास्ववियु बाँकेकाे आज भएको जिल्ला भेलाले  नेरास्ववियु बाँकेलाई पूर्णता दिइएको हो ।

जिल्ला  भेलाले प्रकाश बिश्वकर्मालाई संयाेजक चयन गरेकाे छ ।

त्यसै गरी  सह-संयाेजकमा अमृत खत्री, राेशन शाही ठकुरी, सचिवमा विकास बिक्रम केसी, सह-सचिवमा माधव खत्री,सफल बिष्ट,हस्त जिएम,सिर्जना मल्ल र काेषाध्यक्षमा जय राना चयन गरिएको नेकपा एमाले बाँकेले जनाएको छ ।

अनेरास्ववियु बाँकेको जिल्ला कमिटीमा पदाधिकारी सहित २७ सदस्यीय  कमिटि बनाइएको छ ।

जिल्ला भेलामा नेकपा एमालेका  जिल्लाका पदाधिकारी ,प्रदेश कमिटी सदस्य .लगाएतको सहभागिता रहेको थियो ।

  • १३ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech