१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा नेपाल प्रेस युनियनले ३२ औं स्थापना दिवस मनायो
  • न्युज मानसराेवर

बाँके\लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनले आज शनिबार आफ्नो ३२ औं स्थापना दिवस मनाएको छ ।

दिवसको अवसरमा युनियन बाँके शाखाले नेपालगन्जमा रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम समेत गरेको छ ।

नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जमा आयोजित उक्त कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए । कार्यक्रममा युनियन बाँकेले प्रकाशन गरेको २०८० सालको भित्तपात्रो पनि विमोचन गरियो ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख विष्ट, युनियनका अग्रज एवम नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी र महासचिव नविन गिरी, पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष झलक गैरे लगायतले पात्रो विमोचन गरेका थिए ।

युनियन बाँकेका सचिव विजय मल्लले सञ्चालन गरेको उक्त कार्यक्रममा युनियन बाँकेका कार्यसमिति पदाधिकारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकाय, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, सचिव कमल डाँगी, महासंघका कार्यसमिति सदस्यहरु, लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको पनि उपस्थिती रहेको थियो । सञ्चारकर्मी, सर्बसाधारण गरी कुल २७ जनाले रक्तदान गरेका थिए ।

  • १३ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech