१५ बैशाख २०८२, सोमबार

पहाडी क्षेत्रमा चट्याङ, तराईमा हावाहुरीसहित वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\बिहीबार (आज) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिने महाशाखाले जानकारी दिएको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

  • १८ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech