१६ चैत्र २०८०, शुक्रबार

रारामा तेस्रो म्याराथन प्रतियोगिता हुँदै
  • न्युज मानसराेवर

मुगु\मुगुको रारामा तेस्रो म्याराथन दौड प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा जेठ २० गते म्याराथन हुने गुल्मले जनाएको छ ।

गुल्मका गुल्मपति डोलराज श्रेष्ठले म्याराथनमा सहभागी हुने खेलाडीले जेठ १८ सम्म श्रीबक्स गुल्म रारा हुटुको कार्यालयमा आफ्नो नाम दर्ता गराइसक्नुपर्ने बताउनुभयो । प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने, रारा तालको पर्यटन प्रवर्द्धन गर्नमा र राराको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको श्रेष्ठले जानकारी गराए ।

  • १८ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech